भद्रकाली सहकारीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न • Nepal's Trusted Digital Newspaperभद्रकाली सहकारीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भद्रकाली सहकारीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

भद्रकाली सहकारीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • समाचारपाटी
  • आइतवार, असार १९, २०७९
भद्रकाली सहकारीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखरा, १९ असार । पोखरा महानगरपालिका वडा नं. १३ कुँडहरमा रहेको भद्रकाली बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिबार निःशुल्क स्वास्थय शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।

मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेण्टरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २ सय ७९ जनाले स्वास्थ्य परिक्षण गराएको भद्रकाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किरणराज घिमिरेले जानकारी दिनुभयो ।
bhadrakali sahakari 2 e1656830310851
सहकारीले तेस्रो स्थापना दिवसको आवसरमा आयोजना गरेको स्वास्थ्य शिविरमा डा. दिपकराम सुवेदीको संयोजकत्वमा रहेको टिमले पेट, छाती, मुटु रोग, स्त्री तथा प्रसूति रोग, विशेषतः पाठेघरको क्यान्सर परिक्षण, हाडजोर्नी तथा नशा रोगको परिक्षण गरिएको थियो । कार्यक्रममा लियो क्लब अफ पोखरा पिस चौतारीले निःशुल्क औषधि वितरण गरेको थियो ।

bhadrakali sahakari 1 e1656830398708कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १३ का अध्यक्ष किरण बरालले सहकारीले सहकार्यमा आर्थिक विकासका साथै सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सहकारीले आगामी दिनमा पनि यसरीनै संस्थाका सेयर सदस्यको आर्थिक विकाससंगै अन्य विषयलाई पनि जोड्दै लैजान सुझाव दिनुभयो ।

२०७६ सालमा स्थापना भएको उक्त सहकारीमा हाल ६ सय ११ जना सेयर सदस्य रहेका सहकारीका प्रवन्धक मित्रराज घिमिरेले जानकारी दिनुभयो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका