साउन १४ गते अमरसिंहचोकमा रक्तदान कार्यक्रम हुने • Nepal's Trusted Digital Newspaperसाउन १४ गते अमरसिंहचोकमा रक्तदान कार्यक्रम हुने • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • साउन १४ गते अमरसिंहचोकमा रक्तदान कार्यक्रम हुने

साउन १४ गते अमरसिंहचोकमा रक्तदान कार्यक्रम हुने

  • समाचारपाटी
  • आइतवार, असार १९, २०७९
साउन १४ गते अमरसिंहचोकमा रक्तदान कार्यक्रम हुने

पोखरा, १९ असार । इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजले आगामी साउन १४ गते रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

समाजको शनिबार सम्पन्न कार्यसमितिको बैठकले साउन १४ शनिबार अमरसिंहचोकमा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय भएको समाजका सचिव निर्मल सोतीले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा सकृय सहभागि भइदिन समाजका अध्यक्ष बलराम घिमिलेले समाजका सदस्य र अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिलाई अनुरोध गर्नुभएको छ । रक्तदान गर्न इच्छुक व्यक्तिलाई समाजको सम्पर्कमा आउन कार्यक्रम संयोजक एवं समाजका सहसचिव प्रल्हाद चन्द्र घिमिरेले अनुरोध गर्नुभएको छ ।

यस्तै बैठकले गत असार ९ गते असामाहिक निधन भएका मध्यनेपाल ७ सालघारी निवासी मिलन विश्वकर्मा (मिने) को निधनप्रति दुख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गर्दै मृतक प्रति श्रद्दान्जली र शोक सन्तप्त परिवार प्रति समवेदना व्यक्त गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका