बिन्ध्येश्वरी माविमा गार्डेन सिटीको शैक्षिक सामाग्री वितरण • Nepal's Trusted Digital Newspaperबिन्ध्येश्वरी माविमा गार्डेन सिटीको शैक्षिक सामाग्री वितरण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बिन्ध्येश्वरी माविमा गार्डेन सिटीको शैक्षिक सामाग्री वितरण

बिन्ध्येश्वरी माविमा गार्डेन सिटीको शैक्षिक सामाग्री वितरण

  • समाचारपाटी
  • आइतवार, असार १९, २०७९
बिन्ध्येश्वरी माविमा गार्डेन सिटीको शैक्षिक सामाग्री वितरण

पोखरा, १९ असार । लायन्स क्लब अफ पोखरा गार्डेन सिटीले पोखरा महानगरपालिका वडा नं. १९ तल्लाकोटमा रहेको बिन्ध्येश्वरी माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एवं डेप्युटी चिफ एडभाइजर भेषराज पोखरेलले क्लबले विगत ५ वर्ष देखि उक्त विद्यालयमा विभिन्न किसिमका सहयोग गर्दै आएको बताउनुभयो । क्लब स्थापना गरेको ९ वर्ष भइसकेको भन्दै उहाँले विन्देश्वरी जस्तै ३० बढी विद्यालयमा आफुहरुले सहयोग गरेको उल्लेख गर्नुभयो ।

lions club of garden city 1क्लबका साथीहरुले सानो सानो रकम संकलन गरेर सहयोग गरिरहेको बताउदै पोखरेलले विद्यार्थीहरुको शैक्षिक गुणस्तर राम्रो होस भन्ने आफुहरुको चाहाना रहेको बताउनुभयो । लायन्स क्लबले गरेको सहयोगका कारण विद्यार्थी र विद्यालयमा केहि न केहि उपलब्धीपुर्ण हुनुपर्ने बताउदै सहयोग गरिरहने तर केहि परिवर्तन नहुने हो भने सहयोग गर्नुको अर्थ नरहने पनि बताउनुभयो ।

कार्यक्रममा जोन ३९ का जोन चियन पर्सन लायन प्रकाश चन्द्र घिमिरेले लायन्स क्लब अफ पोखरा गार्डेन सिटीका नयाँ पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले डिस्ट्रिक, गभर्नर र क्लबको समन्वय आफुले गर्ने बताउदै कार्यक्रमहरुमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका प्राचार्य श्रीराम आचार्यले क्लबले गरेको सहयोगले विद्यार्थीहरुको शैक्षिक कृयाकलापमा निकै सहयोग पुग्ने बताउनुभयो । विद्यालयमा अधिकांश गरिब र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु पढिरहेको भन्दै आगामी दिनमा पनि लायन्स क्लबको सहयोगको लागि अनुरोध गर्नुभयो ।

lions club of garden city 3उहाँले विद्यालयमा लाइब्रेरीको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा भविश्य निर्माण मावि कृस्तिका प्राचार्य राजेन्द्र सापकोटा, लायन्स क्लब अफ पोखरा सोवर सिटिका अध्यक्ष प्रल्हाद चन्द्र घिमिरे लगायतले शुभकामना दिनुभयो । कार्यक्रमको बारेमा क्लबका डाइरेक्टर बेल बहादुर गुरुङले प्रष्ट पार्नुभएको थियो भने क्लबका पुर्व अध्यक्ष बैकुण्ठ प्रसाद पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रम लायन्स क्लब अफ पोखरा गार्डेन सिटीका अध्यक्ष लायन बसन्त राज आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

lions club of garden city 3कार्यक्रममा विद्यालयमा अध्ययन गर्ने ६० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई कापी कलम वितरण गरिएको थियो भने विद्यालयलाई सरसफाइका सामाग्री हस्तान्तरण गरिएको थियो । त्यस्तै विद्यालयमा एभोकाडो, कपुर लगाएतका बिरुवा रोपिएको छ ।

lions club of garden cityक्लबका अध्यक्ष बसन्त राज आचार्यले आफु जन्मेको ठाउँ, आफुले पढेको विद्यालयमा कार्यक्रम गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने बताउनुभयो । पोखरा १९ तल्लाकोटमा रहेको बिन्ध्येश्वरी माविमा अहिले २ सय १६ जना विद्यार्थी अध्ययनरत रहेको प्राचार्य आचार्यले जानकारी दिनुभयो ।

lions club of garden city 4

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका