काठमान्डौं । लामो समय कम्युनिस्ट आन्दोलनमा रहनुभएका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गर्नुभएकाे छ । नेकपा (माले) का पोलिटब्युरो सदस्य रहनुभएका श्रेष्ठ , केन्द्रिय सदस्य वीरसिंह तामाङ लगायतलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गर्नुभयाे ।
कार्यक्रममा बोल्दै अध्यक्ष कमल थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनितीमा जबर्जस्त ढंगले अगाडि बढ्ने बताउनुभयाे । राजनीतिक दलका नेता, कर्मचारीतन्त्र र बिचौलियाहरुको त्रिसंखु गठबन्धनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै धर्म परिवर्तन ,बेरोजगारी ,भ्रस्टाचार र कुशासनको अन्त्यको निमित्त जनता जागरुक हुनुपर्ने बताउनुभयाे ।
थापाले पुर्ण समानुपातिक निर्बाचन प्रणाली , केन्द्र र स्थानीय तहको मात्र संरचना , प्रत्यक्ष निर्बाचित प्रधानमन्त्रीको ब्यबस्थाले मात्र अहिले देखिएको समस्या समाधन हुने बताउनुभयाे । नब(प्रबेशी कुमार श्रेष्ठले अब राप्रपा नेपालले अबलम्बन गरेको बाटोबाट मुलुकको स्वाधिनताको रक्षा , प्रजातन्त्रको संरक्षण र मुलुकको समृद्धि हुने निष्कर्ष सहित राप्रपा नेपालमा समाहित भएको बताउनुभयाे । यसैगरी राप्रपाका गौरव नेपालीको नेतृत्वमा १ सय पाँच जना पनि सोही अवसरमा राप्रपा नेपाल प्रवेश गरेका थिए ।