थारु समुदायमा विकराल बन्दै वंशानुगत सिकलसेल एनिमिया • Nepal's Trusted Digital Newspaperथारु समुदायमा विकराल बन्दै वंशानुगत सिकलसेल एनिमिया • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • थारु समुदायमा विकराल बन्दै वंशानुगत सिकलसेल एनिमिया

थारु समुदायमा विकराल बन्दै वंशानुगत सिकलसेल एनिमिया

  • समाचारपाटी
  • शनिबार, असार १८, २०७९
थारु समुदायमा विकराल बन्दै  वंशानुगत सिकलसेल एनिमिया

पश्चिम तराईका थारु समुदायलाई वंशानुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग बढदै गएको छ ।

सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको हो । अन्य समुदायमा पनि फाट्टफुट्ट देखिन थालेको सिकलसेल रोग रोकथामका लागि थारू समुदायलाई रगतजाँच गरेर विवाह कुण्डली मिलाउन विशेषज्ञ डाक्टरहरुले सुझाव दिएका छन । यतिबेला बाँकेका थारू गाउँहरुमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पम्प्लेट नै छयाप्छयाप्ती बाँडिएको छ । सिकलसेल विशेषज्ञ डा.राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख छ ।

पचास प्रतिशत बिरामी र पचास प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दापनि सोच विचार गर्नुपर्ने भनिएको छ । सामान्यतया विवाहगर्दा चिना हेर्ने गरिन्छ तर थारू समुदायमा भने रगतजाँच गर्नुपर्ने भएको छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाह पूर्व नै रगत जाँच गरी बाहकहरु पत्ता लगाएर बाहक–बाहकबीच र बाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाएर ससमुदायले स्विकार्न जरुरी रहेको भेरी अस्पताल बाँकेका फिजिसियन मेडिकल बिभागका बिभागीय प्रमुख तथा सिकलसेल, थालेसिमिया रोगका श्रोत व्यक्ति डा.राजन पाण्डले बताउनु भयो ।

उहाँले पचास प्रतिशत सामान्य र पचास प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गर्नुभयो । अहिले रोग नदेखिएपनि उनीहरुबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भन्ने गरिएको भन्दै उहाँले यसका बारेमा थारु समुदायलाई सचेत गराउन आवश्यक रहेको बताउनु भयो ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले बिरामी र बाहक पत्ता लगाएर समुदायमा सचेतनाका जगाउने काम भइरहेको बताउनु भयो । बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ । उहाँले समुदाय स्तरमा देखिन थालेको सिलसेलको बारेमा नियन्त्रण र रोकथामाका निम्ति समुदायमा नै पुगेको चेकजाँच भइरहेको बताउनु भयो ।

बिरामीका आफन्तहरु भने उपचारमा धेरै खर्च लाग्ने हुँदा सिकलसेल बिरामी तथा आफन्तहरु भने सरकारले बिरामीलाई बाचुन्जेल निःशुल्क औषधि गरिदिनुपर्ने माग गर्छन । बिरामीका आफन्त रामकृष्ण थारुले निःशुल्क उपचार सरकारले गर्नुपर्ने माग राख्नुभयो । उहाँले उपचारका लागि धेरै खर्च लाग्ने भएकोले आफूले उपचार गर्न नसक्ने अवस्था रहेको बताउनु भयो । सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्याभन्दै पश्चिमका अस्पतालहरुमा जाँच विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत सिकलसेल एनिमियाका बिरामीलाई १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था गरेको छ । भेरीमा औषधि खाइरहेका २० जनाको यो औषधिको सीमा सकिन थालेको छ ।

बाँके, बर्दिया, कैलाली, कंचनपुर, दाङ, कपिलबस्तुलगायतका जिल्लाका थारु समुदायमा सिकलसेल जनस्वास्थ्य समस्याकारुपमा रहेको छ । यतिबेला बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेलको परीक्षण र उपचार भइरहेको छ । रगत जाँच गरिएकामध्ये १० देखि १५ प्रतिशतमा सिकलेसलका बिरामी फेला परेका छन । सिकलसेलका रोगीले खाने औषधि नै महंगो छ ।

सरकारले अत्यावश्यक औषधिको सूचिमा सिकलसेल रोगीको औषधि पनि राखेको छ । तर बीमामा भने समावेश गरिएको छैन । जसका कारण औषधिको सीमा सकिएका बिरामीले बीमाबाट सिकलसेलका लागि चाहिने औषधि पाउन सकेका छैनन । भेरी अस्पतालमा दैनिक ३ देखि ७ जना थाईलेसिमियाका बिरामीहरुले रगत चढाउने गरेका छन ।

यसकारण स्वास्थ्य कार्यालयले बाहक पुरुष र बिरामी महिला तथा बाहक महिला र बिरामी पुरुष बीच विवाह गर्नु नहुने विज्ञहरुको भनाइ छ । स्वास्थ्य कार्यालय बाँकेले भेरी अस्पतालमा हप्तामा सोमवार र बिहीवार निःशुल्क उपचारको व्यवस्था मिलाईएकाले उपचार गर्न आउने बिरामीका लागि बिरामीको कार्ड बनाएर वितरण गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका