प्रधानमन्त्रीसहित शीर्ष नेताहरु निजगढ विमानस्थलको निरीक्षणमा • Nepal's Trusted Digital Newspaperप्रधानमन्त्रीसहित शीर्ष नेताहरु निजगढ विमानस्थलको निरीक्षणमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रधानमन्त्रीसहित शीर्ष नेताहरु निजगढ विमानस्थलको निरीक्षणमा

प्रधानमन्त्रीसहित शीर्ष नेताहरु निजगढ विमानस्थलको निरीक्षणमा

  • समाचारपाटी
  • शनिबार, असार १८, २०७९
प्रधानमन्त्रीसहित शीर्ष नेताहरु निजगढ विमानस्थलको निरीक्षणमा
photosource:-annapurnapost

काठमान्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको निरीक्षणमा पुग्नुभएकाे छ। देउवासहित गठबन्धनका शीर्ष नेताहरु शनिबार बिहान निजगढ विमानस्थलको स्थलगत निरीक्षणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएकाे थियाे ।

nijgad

सर्वोच्च अदालतले न्यून वातावरणीय क्षति हुने गरी र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गराएर मात्र विमानस्थल बनाउन विकल्प दिएपछि देउवा निजगढ जानुभएकाे हाे। पाँच न्यायाधीशले बुधबार फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै विमानस्थल निर्माणको सन्दर्भमा विश्लेषण र निष्कर्षका साथ छुट्टाछुट्टै राय व्यक्त गर्नुभएकाे थियाे। सर्वोच्चको बृहत पूर्ण इजलासको बहुचर्चित फैसलामा तीन न्यायाधीश र दुई न्यायाधीशको राय फरक छ।

न्यायाधीशले विमानस्थल निर्माणको लागि उपयुक्त स्थान निर्धारण भएपछि सो क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा वातावरणमा पर्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने प्रर्याप्त व्यवस्था गर्नू र प्रभावित हुने देखिएका आस्रित वन्यजन्तुको वासस्थान, विचरण तथा अन्य गतिविधिलाई असर नपुग्ने गरी उपयुक्त पूर्वाधारको निर्माण र विकास गरी वन्यजन्तु संरक्षणको उचित व्यवस्था गर्नुपर्ने राय दिनुभएकाे छ।

पूर्व तयारीकै काममा राज्यको करिब १ अर्ब खर्च भएको छ। नदी तटबन्ध, मुआब्जा, चारकिला, तार घेरालगायतमा उक्त रकम खर्च भएको हो। प्रस्तावित क्षेत्रको पश्चिमतर्फ पसाहा र पूर्वतर्फ बकैया नदी पर्छन्। उक्त नदी क्षेत्रलाई तटबन्ध गर्ने काम भइरहेको थियो। यो कार्यमा करिब ३५ करोड खर्च भयो।

कोल्हबी नगरपालिकाको काँटगाउँ र करैयामाई गाउँपालिकाको ककडीमा पर्ने एक सय १० बिघामध्ये ६० बिघाको मुआब्जामा करिब ४७ करोड खर्च भएको छ। काँटगाउँको ५० बिघा र ककडी क्षेत्रको १० बिघा नम्बरी जग्गामा बसोबास गर्दै आएकालाई मुआब्जा दिएर स्थानान्तरण गरिएको थियो। टांगियाबस्तीका एक हजार ४ सय ७६ घरधुरीको उचित व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिएको थियो। विमानस्थलको अनुमानित लागत १ खर्ब ६५ अर्ब निर्धारण गरिएको छ।

 

source:-annapurnapost

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका