मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध • Nepal's Trusted Digital Newspaperमुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध

  • समाचारपाटी
  • शनिबार, असार १८, २०७९
मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गए राती पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले सडकको बिचमा ठुलो ढुङ्गा खसेर अवरोध भएको बताउनुभयाे । ‘सडक खुलाउने काम भइरहेको छ,’ उहाँले भन्नुभयाे ।

सडक स्तरोन्नतिको ठेकेदार कम्पनी शर्मा-गजुरमुखीको डोजर परिचालन गरेपनि सफल नभएपछि विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाउन सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव गरिएको छ ।

नेपाली सेनाको टोलीलाई विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाई सडक खुलाउन काभ्रेभीर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दीतर्फ आउने जाने सवारीसाधन बीच सडकमा रोकिएका छन् ।

source:-onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका