पाँचथरमा पहिरोले एक घर बगाउँदा तीन जना बेपत्ता • Nepal's Trusted Digital Newspaperपाँचथरमा पहिरोले एक घर बगाउँदा तीन जना बेपत्ता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पाँचथरमा पहिरोले एक घर बगाउँदा तीन जना बेपत्ता

पाँचथरमा पहिरोले एक घर बगाउँदा तीन जना बेपत्ता

  • समाचारपाटी
  • शनिबार, असार १८, २०७९
पाँचथरमा पहिरोले एक घर बगाउँदा तीन जना बेपत्ता

पाँचथर । अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा रुपलालकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा रहेका छन् ।

रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल हुनुभएकाे छ । शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयाे । तर, बिहानसम्म बेपत्ता फेला नपरेको प्रनाउ थापाले जानकारी दिनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका