‘२३ अर्ब रुपैयाँ तिर्न नसके हामी तेल दिन्नौं भारतले भनिरहेको छ, निगम भन्छ जानकारी छैन’:-राज्यमन्त्री • Nepal's Trusted Digital Newspaper‘२३ अर्ब रुपैयाँ तिर्न नसके हामी तेल दिन्नौं भारतले भनिरहेको छ, निगम भन्छ जानकारी छैन’:-राज्यमन्त्री • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘२३ अर्ब रुपैयाँ तिर्न नसके हामी तेल दिन्नौं भारतले भनिरहेको छ, निगम भन्छ जानकारी छैन’:-राज्यमन्त्री

‘२३ अर्ब रुपैयाँ तिर्न नसके हामी तेल दिन्नौं भारतले भनिरहेको छ, निगम भन्छ जानकारी छैन’:-राज्यमन्त्री

  • समाचारपाटी
  • शुक्रबार, असार १७, २०७९
‘२३ अर्ब रुपैयाँ तिर्न नसके हामी तेल दिन्नौं भारतले भनिरहेको छ, निगम भन्छ जानकारी छैन’:-राज्यमन्त्री

काठमान्डौं । प्रधानमन्त्री कार्यालयका विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठले भारतले तेल खरिदबापतको बक्यौता नतिरे तेल आयात रोक्ने चेतावनी दिएको बताउनुभएकाे छ ।

शुक्रबार बिहान काठमान्डौंमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले आफूलाई यस्तो जानकारी दिएको बताउनुभएकाे हाे ।

‘अघि भर्खर म उद्योगमन्त्री ज्यूसँग भेटेर आएँ,’ उहाँले भन्नुभयाे, ‘२३ अर्ब रुपैयाँ तिर्न नसके हामी तेल दिन्नौं भनेर भारतले भनिरहेको छ ।’

तर, नेपाल आयल निगमले भने बक्यौता नतिरे तेल बिक्री रोक्ने भन्ने कुनै आपचारिक जानकारी नभएको जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्ययले यस्तो कुरा पहिलो पटक सुनेको बताउनुभयाे ।

निगमलाई अहिले कुल २३ अर्ब रुपैयाँ घाटा छ । निगमले विभिन्न स्रोतबाट रकम जुटाएर पैसा तिरिरहेको छ ।

‘तेल रोक्ने खालको कुनै पनि यस्तो जानकारी हामीलाई छैन,’ उपाध्ययले भन्नुभयाे, ‘भारतीय पक्षबाट यस्तो जानकारी आउने भए नेपाल आयल निगमलाई कुनै न कुनै हिसाबले जानकारी हुन्थ्यो ।’

भ्याट फिर्ता, बैंकबाट लिने ऋणको प्रक्रिया अघि बढेको र नियमित बिक्रीबाट आउने रकमबाट भारतीय आयल निगमको भुक्तानी नियमित गरिरहेको प्रवक्ता उपाध्ययको भनाइ छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका