रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता • Nepal's Trusted Digital Newspaperरवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

  • समाचारपाटी
  • शुक्रबार, असार १७, २०७९
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

काठमान्डौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगको शुक्रबार बसेको बैठकले दल दर्ताका लागि उक्त पार्टीले दिएको निवेदनलाई स्वीकार्दै दलको मान्यता दिएको हो।

रवि लामिछानेले असार ७ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिनुभएकाे थियाे। निवेदनलाई आयोगले स्वीकार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएको सो पार्टीका संयोजक रवि लामिछानेले जानकारी दिनुभयाे।

त्यस्तै चूनाव चिन्ह गोलाकारभित्र घण्टी प्राप्त भएको उहाँले बताउनुभयाे। दल दर्ता भएसँगै आफ्ना एजेण्डा जनतामाझ लिएर जाने उहाँले बताउनुभयाे।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका