काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ५० जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ४ सय ६७ जनाकाे पिसिआर परीक्षण गर्दा ३५ जना र १ हजार ३ सय ४७ जनाकाे एनटिजेन परीक्षण गर्दा १५ जना गरी ५० जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर २ सय ९७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
१ लाख ७८ हजार ७ सय ८६ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ६७ हजार ४ सय ८० जना काेराेना मुक्त भएका छन् ।
२ हजार ८ सय १४ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।