काठमान्डौं । शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेकाे छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार २ सय रुपैयाँ र तेजावी सुनको प्रतितोला मूल्य ९६ हजार ७ सय रुपैयाँ कायम गरिएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय र तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार २१० रुपैयाँ कायम गरिएको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।