माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता • Nepal's Trusted Digital Newspaperमाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता

  • समाचारपाटी
  • शुक्रबार, असार १७, २०७९
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता

काठमान्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न हमाल आज बिहान खुमलटारस्थित निवास पुग्नुभएकाे थियाे ।

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । भेटमा सहभागी संगीतकार चेतन सापकोटाले भने समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको जानकारी दिनुभयाे । भेटको चाँजोपाँजो सापकोटाले नै मिलाउनुभएकाे थियाे ।

चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेपछि करिब एक दर्जन आकांक्षीहरु शक्ति केन्द्र धाइरहेको बेला आज बिहान राजेश हमाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएकाे थियाे ।

एकछिन सामूहिक भेटवार्ता भएपछि, प्रचण्ड र राजेश हमालमात्र बसेर छलफल गर्नुभएकाे थियाे । एक्लाएक्लै भएको भेटमा  कुराकानीको विषय सार्वजनिक भएको छैन । प्रचण्डको सचिवालयका सदस्यहरुले पनि कुराकानीको विषयबारे अनभिज्ञता प्रकट गरेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका