राज्य व्यवस्था सुशासन समितिको बैठक बस्दै
आज राज्य व्यवस्था सुशासन समितिको बैठक बस्दैछ । बैठक बहिान ११ बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै
आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद सचिवालयमा बस्नेछ । बैठकमा यौन, हिंसाबिरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ माथि संशोधन कर्तासँग छलफल हुनेछ ।
जगनाथ रथयात्रामा राष्ट्रपति
आज जगनाथ रथयात्रा हुँदैछ । रथयात्रालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुहुनेछ । रथयात्रा जगनाथ गुम्बाबाट शुरु भइ टुँडिखेलमा पुगेर समापन हुनेछ ।