नेपाली काँग्रेस नेता डा.शेखर कोईराला पक्षको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको आरोपसहित देउवाको बिरुद्धमा कोईराला पक्षको छुटटै भेला भइरहेको छ ।
बिहीवारबाट शुरु भएको भेला आज पनि बस्नेछ । बिहीवारको बैठकमा कोईराला पक्षले देउवाबिरुद्ध रचनात्मक विद्रोह गर्ने निस्कर्ष निकालेको थियो ।