राष्ट्रिय सभाको बैठक बस्दै • Nepal's Trusted Digital Newspaperराष्ट्रिय सभाको बैठक बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक बस्दै

  • समाचारपाटी
  • शुक्रबार, असार १७, २०७९
राष्ट्रिय सभाको बैठक बस्दै

 

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुनेछ । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस, आर्थिक विधेयक २०७९ पारित गरियोस, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ पारित गरियोस, ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक, २०७९ पायिरत गरियोस भन्ने प्रश्ताव  प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले औषधि(तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफाबार छलफल गरियोस, औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरियोस, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) २०७९ माथि सदनमा दफाबार छलफल गरियोस, वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) २०७९ पारित गरियोस भन्ने प्रश्ताव प्रस्तुत गर्नुहुनेछ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक २०७९ माथि सदनमा दफाबार छलफल गरियोस, रेल्वे विधेयक २०७९ पारित गरियोस भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका