उत्तमको शव्द संगीत अनि अनामिकाको स्वरमा ''तिम्लाई मैले फुल'' सार्वजनिक • Nepal's Trusted Digital Newspaperउत्तमको शव्द संगीत अनि अनामिकाको स्वरमा ''तिम्लाई मैले फुल'' सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • उत्तमको शव्द संगीत अनि अनामिकाको स्वरमा ”तिम्लाई मैले फुल” सार्वजनिक

उत्तमको शव्द संगीत अनि अनामिकाको स्वरमा ”तिम्लाई मैले फुल” सार्वजनिक

  • समाचारपाटी
  • शुक्रबार, असार १७, २०७९
उत्तमको शव्द संगीत अनि अनामिकाको स्वरमा ”तिम्लाई मैले फुल” सार्वजनिक

काठमान्डाैँ । लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय गीतकार तथा संगीतकार उत्तम भण्डारीको शव्द संगीतमा तिम्लाई मैले फुल सम्झेको थिँए सार्वजनिक भएको छ । यसै गीतमार्फत नेपाली गीत संगीत क्षेत्रमा नव गायिका अनामिका बस्नेत गौतमले पहिलो पाईला टेक्नुभएकाे छ ।

संगीतको खास्सै औपचारिक शिक्षा हासिल नगरेपनि गायिका गौतमको यो पहिलो प्रयास भने तारिफयोग्यनै छ । गाउँले दाई उत्तम भण्डारी र श्रीमान् बेजिन्द्र गौतमको साथ र हौसलाले उहाँलाई संगीत क्षेत्रमा अगाडि बढ्न सहयोग पुगेको छ ।

आगामि दिनमा संगीतका थप कक्षाहरु लिने र औपचारिक रुपमै संगीत अध्ययन गर्ने योजना बनाउनुभएकी गायिका गौतमका अन्य गीतहरु पनि रेकर्डिङको क्रममा छन् । हाललाई स्टुडियो भिडियो मार्फत बजारमा ल्याईएको गीतको अफिसियल भिडियो पनि छिट्टै बजारमा आउने गीतकार संगीतकार उत्तम भण्डारी बताउँनुहुन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका