एसओएस पोखरामा विद्यार्थी परिषद् पदस्थापन • Nepal's Trusted Digital Newspaperएसओएस पोखरामा विद्यार्थी परिषद् पदस्थापन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एसओएस पोखरामा विद्यार्थी परिषद् पदस्थापन

एसओएस पोखरामा विद्यार्थी परिषद् पदस्थापन

  • समाचारपाटी
  • शुक्रबार, असार १७, २०७९
एसओएस पोखरामा विद्यार्थी परिषद् पदस्थापन

पोखरा । पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुलमा विद्यार्थी परिषद्को एक कार्यक्रबीच पुनर्गठनसँगै पदस्थापन भएको छ । हरेक वर्ष विद्यार्थीको शैक्षिक गतिविधिलाई चुस्त, दुरुस्त र प्रभावकारी राख्न परिषद्को गठन गरिएको विद्यालयका प्राचार्य फूर्वू ठिन्लेले जानकारी दिनुभयो ।

विद्यार्थीमैत्री वातावरणमा अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा विद्यार्थीको चौतर्फी विकास गर्न विद्यार्थीलाई नै क्रियाशील हुने गरी हरेक वर्ष परिषद्को गठन गरिएको उहाँले जानकारी दिनुभयो । काउन्सिलमा विद्यालय नायकमा ढुन्डुप छिरिङ र तेन्जिन छेतेन चयन हुनुभएकाे छ ।

मतदानबाट भएको चयनमा प्रक्रियामा विद्यार्थी प्रिफेक्टहरु छात्रतर्फ कर्म टासी, टासी फुन्चोक, छिरिङ शेर्पा र रिन्जिन ढुन्डुप चयन हुनुभएकाे छ । छात्रातर्फ छिरिड युडोन, डोल्मा तामाङ, पासाङ डोल्मा र अनिता गुरुङ चयन भएको परिषद्ले शैक्षिक वर्ष सन् २०२२ र २०२३ का लागि काम गर्ने छ । सिनियरतर्फ दीपेन गुरुङ र पेमा डोल्मा चयन हुनुभएकाे छ । पदस्थापनसँगै विद्यार्थी नेतृत्वहरुलाई खादा र व्याच प्रदान गरिएको थियो । सो अवसरमा उर्गेन दावा, गोविन केसी लगायतका शिक्षकहरुले आफ्नो मन्तव्य राख्नुभएको थियो । सो अवसरमा बोल्दै विद्यार्थी नायक ढुन्डुप छिरिङले विद्यार्थीहरुको अनुशासनलाई कायम राख्दै सिर्जनशील बन्न प्रेरित गर्ने बताउनुभयाे । छात्रा नायक तेन्जिन छेतेनले विद्यार्थीहरुलाई कर्तव्यनिष्ठ र अनुशासित बनाउन आफ्नो नेतृत्व क्रियाशील रहनेमा जोड दिनुभयाे । सो अवसरमा प्रिफेक्ट र छात्रछात्रा नायकहरुले सपथ खाएर शैक्षिक गुणस्तर कायम राख्न नवगठित परिषद् सदैव लागि पर्ने प्रतिबद्धता जनाएको शिक्षक अमृत घिमिरेले जानकारी दिनुभयो ।

student2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका