५५ जना कोराना संक्रमित थपिए,१७ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper५५ जना कोराना संक्रमित थपिए,१७ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ५५ जना कोराना संक्रमित थपिए,१७ जना कोरोना संक्रमण मुक्त

५५ जना कोराना संक्रमित थपिए,१७ जना कोरोना संक्रमण मुक्त

  • समाचारपाटी
  • बिहिबार, असार १६, २०७९
५५ जना कोराना संक्रमित थपिए,१७ जना कोरोना संक्रमण मुक्त

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ५५ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ३२ जनाकाे पिसिआर परीक्षण गर्दा ३६ जना र १ हजार १ सय ६६ जनाकाे एनटिजेन परीक्षण गर्दा १९ जना गरी ५५ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर २ सय ८० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

३ लाँख १६ हजार ४ सय ७७ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ६७ हजार ४ सय ६२ जना काेराेना मुक्त भएका छन् ।

२ हजार ६ सय ९८ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका