ताप्लेजुङमा बालिकालाई यौनधन्दामा लगाउने होटलसञ्चालकसहित ६ जना पक्राउ • Nepal's Trusted Digital Newspaperताप्लेजुङमा बालिकालाई यौनधन्दामा लगाउने होटलसञ्चालकसहित ६ जना पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ताप्लेजुङमा बालिकालाई यौनधन्दामा लगाउने होटलसञ्चालकसहित ६ जना पक्राउ

ताप्लेजुङमा बालिकालाई यौनधन्दामा लगाउने होटलसञ्चालकसहित ६ जना पक्राउ

  • समाचारपाटी
  • बिहिबार, असार १६, २०७९
ताप्लेजुङमा बालिकालाई यौनधन्दामा लगाउने होटलसञ्चालकसहित ६ जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकामका होटलमा १४ वर्षीय बालिकालाई यौनधन्दामा लगाउने ६ जना पक्राउ परेका छन्। फुङलिङको एक कपडा पसलबाट ११ वर्षीय बालकले पैसा चोरी गरे।

पसलको सिसी क्यामेराको फुटेजका आधारमा बालक र बालकका साथीलाई ताप्लेजुङ प्रहरीले नियन्त्रणमा लियो। बालकले चोरी गरेको नगद एक होटलकी साहुनीलाई पुर्‍याउँदा रहेछन्। बालकले चोरेको पैसा बुझाएको होटल साहुनी र त्यहाँको कर्तुतबारे प्रहरीले बालिकालाई यौनधन्दामा लगाउने गरेको थाहा पाएको हो। प्रहरीले चोरी गर्ने बालकलाई अभिभावकको जिम्मा लगाएर बालकले दिएको सूचनाको आधारमा बालिकाको उद्धार गरी बालिकालाई यौन व्यवसायमा प्रेरित गर्ने २ महिला र ४ जना पुरुषसहित ६ जनालाई पक्राउ गरेको हो। उनीहरूविरुद्ध उजुरी नै दर्ता गरेको भए तापनि अनुसन्धानमा असर गर्ने भएकाले परिचय खुलाउन असमर्थ रहेको जनाएको छ।

पैसा असुलेर शारीरिक सम्बन्ध गराउने ३ वटा होटलका ३ जना सञ्चालकसहित बालिकासँग यौन सम्पर्क राखेको आरोपमा थप ३ जनासहित ६ जनाविरुद्ध उजुरी दर्तासँगै अनुसन्धान सुरु गरिसकेको छ। तीमध्ये ३ जनालाई बलात्कार र २ जनालाई शरीर बन्धक, मानव बेचविखन तथा ओसारपसार र १ जनालाई मतियारका रूपमा मुद्दा दर्ता गरेको ताप्लेजुङ प्रहरी प्रमुख कैलाशकुमार राईले बताउनुभयाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका