जंगली च्याउ खादाँ ६ जना सिकिस्त बिरामी • Nepal's Trusted Digital Newspaperजंगली च्याउ खादाँ ६ जना सिकिस्त बिरामी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जंगली च्याउ खादाँ ६ जना सिकिस्त बिरामी

जंगली च्याउ खादाँ ६ जना सिकिस्त बिरामी

  • समाचारपाटी
  • बिहिबार, असार १६, २०७९
जंगली च्याउ खादाँ ६ जना सिकिस्त बिरामी

बुटवल । बुटवलमा जंगली च्याउ खाएर ६ जना सिकिस्त परेका छन् । बुटवल उपमहानगरपालिका- १२ नयाँ गाँउकी २८ वर्षीया रिना बिक, २८ वर्षकै कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक सिकिस्त भएका हुन् ।

बिरामीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसीयूमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुधबार जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिनुभयाे ।

बिरामी परेका सबैको बेहोस् अवस्थामा उद्धार गरिएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका