काठमान्डौँ । तिज आउन करिब दुई महिना बाँकी छ । तर बजारमा तिज लक्षित गीतसंगीत भने आउन थालिसकेका छन् । यस्तैमा चर्चित गायक खुमन अधिकारी र शान्तीश्री परियारले तिज गीत ‘थरी थरी भोले’ल्याएका छन् । जसमा गोपाल जिएम, नरेश खाती, रुपी सिंन्जालीर प्रेमा रानाको सार्वजनिक समुह गायन रहेको छ ।
लोक तथा डान्सिङ शैली तयार गीतका शब्द रविन लामिछानेले लेख्नुभएकाे हाे । गायक खुमन अधिकारीकै संगीत रहेको गीतमा सुनिल परियारको एरेन्ज रहेको छ । गीतको निकै आकर्षक भिडियो बनेको छ । भिडियोमा खुमन अधिकारी, अञ्जली अधिकारी, अभिषेक खड्का
लगायतको अभिनय छ । थुप्रै कोरस प्रयोग गरेर बनाइएको भिडियोको निर्देशन गायत्री थापाले गर्नुभएकाे हाे । तडक भडन नगरी निकै जेरी
भण्डारीको छायांकन रहेको भिडियोका सम्पादन नविन घर्तिमगरले गर्नुभएकाे हाे ।
लोक, आधुनिक लगायत थुप्रै गीतमा शब्द तथा स्वर भर्दै आएउनुभएकी गायिका गायत्री पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि देखिदै आउनुभएकाे छ । ‘थरी थरी भोले’ गीत निर्देशक गायिकाले आफ्नै शिवर्दन फिल्मस्बाट निर्माण तथा सार्वजनिक गर्नुभएकाे हाे । गीत तथा भिडियो निकै राम्रो बनेकोले दर्शक श्रोताले मनपराउने निर्देशक गायत्रीले बताउनुभयाे ।
