अन्नपूर्ण व्याण्ड नेपालको ‘भो नगर भो’ सार्वजनिक • Nepal's Trusted Digital Newspaperअन्नपूर्ण व्याण्ड नेपालको ‘भो नगर भो’ सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अन्नपूर्ण व्याण्ड नेपालको ‘भो नगर भो’ सार्वजनिक

अन्नपूर्ण व्याण्ड नेपालको ‘भो नगर भो’ सार्वजनिक

  • समाचारपाटी
  • बिहिबार, असार १६, २०७९
अन्नपूर्ण व्याण्ड नेपालको ‘भो नगर भो’ सार्वजनिक

कास्की । अन्नपूर्ण व्याण्ड नेपालले अफिसियल म्युजिक भिडियो ‘‘भो नगर भो’ सार्वजनिक गरेको छ । व्याण्डको आधिकारिक युट्युब च्यानलमार्फत ‘भो नगर भो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको हाे  ।

आशिम गुरुङ र अप्सरा गुरुङको अभिनय (फिचरिङ) रहेको छ । उक्त गीतमा कलाकार छुतमान गुरुङको स्वर रहेकाे छ । निर्माण पक्षका अनुसार अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ धान्द्रुक तथा आसपासका कलाकारलाई पर्दामा देखिने सो म्यूजिक भिडियोको कथा नितेश विक्रम भट्टले लेख्नुभएकाे  हाे भने उक्त भिडियोलाई निर्देशन र सम्पादन नविन थापाले गर्नुभएकाे छ ।

यसैगरि भिडियोमा दिपेश गुरुङले कलर सम्पादन गर्नुभएकाे छ । संगीत मास्टरिङ र एरेन्जिङ द एज व्याण्डका विष्णु गुरुङले गर्नुभएकाे छ, भने सो भिडियोको छायांकन सुमन पराजुलीका गर्नुभएकाे हाे । गीत रेकर्डिङ साउण्ड इन स्टुडियो पोखरामा गरिएको निर्माण पक्षले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका