पोखरा महानगर र काठमान्डौँ महानगरका प्रमुख बीच भेटवार्ता • Nepal's Trusted Digital Newspaperपोखरा महानगर र काठमान्डौँ महानगरका प्रमुख बीच भेटवार्ता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा महानगर र काठमान्डौँ महानगरका प्रमुख बीच भेटवार्ता

पोखरा महानगर र काठमान्डौँ महानगरका प्रमुख बीच भेटवार्ता

  • समाचारपाटी
  • बुधबार, असार १५, २०७९
पोखरा महानगर र काठमान्डौँ महानगरका प्रमुख बीच भेटवार्ता

साउनको पहिलो हप्ता ६ वटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत पोखरामा भेला हुने

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र काठमान्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बीच भेटवार्ता भएको छ । काठमान्डौं महानगरपालिका कार्यालयमा प्रमुख आचार्य र शाह बीच मंगलबार भेटवार्ता भएको हो ।

भेटका अवसरमा बजेट निर्माण, राजश्व संकलन तथा अन्य समसामयिक बिषयमा छलफल भएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयाे । साथै प्रमुख आचार्यले पोखरामा हुने महानगर प्रमुखहरुको भेलामा सहभागि हुन दिएकोे निम्तो काठमान्डौं महानगरका प्रमुख शाहले स्विकार गर्नुभएकाे छ ।

साउनको पहिलो हप्ता देशभरका ६ वटै महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरा हुँदैछ । प्रमुख आचार्यका अनुसार अहिलेसम्म चार वटा महानगरका प्रमुखले निम्तो स्विकार गरिसकेका छन् भने एउटा महानगरमा निम्तो गर्न बाँकी छ ।

उक्त भेलामा प्रदेश सरकार र केन्द्र सरकारसंगको सम्बन्ध महानगरपालिका प्रमुखहरु बीच अनुभव आदानप्रदान र विविध योजनाका विषयमा छलफल हुनेछन् । ‘हामीले साउनको पहिलो हप्ता पोखरामा ६ वटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला आयोजना गरेका छौं । यसको ठ्क्कै मिति भने तय भइसकेको छैन । एउटा बाहेक सबै महानगरमा हामीले निम्तो पठाइसकेका छौं । सबै आउने निस्चित भइसकेको छ । मंगलबार काठमान्डौंका प्रमुख बालेन्द्रशाहलाई पनि निम्तो दिएका छौं । उहाँसहित निम्तो प्राप्त गनुभएका प्रमुख ज्युहरुले आउने बचन दिनुभएको छ । यो भेलाले महानगर बीच अनुभव आदानप्रदानमा सहयोग पुग्छ । विकास निर्माण लगायत संघ र प्रदेश सरकारसंगको सम्बन्धलाई अझ कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुन्छ’ प्रमुख आचार्यले भन्नुभयाे ।

यसैबीच प्रमुख आचार्यले मंगलबार नै काठमान्डौंमा राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महाबीर पुनसंग पनि भेटवाता गर्नुभएकाे छ । उक्त अवसरमा आविस्कार केन्द्रमा आविस्कार भएका सामग्रीहरु पोखराको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । ‘आविस्कार केन्द्रका अध्यक्ष महाविर पुनसंगको भेटमा उहाँहरुका उत्पादनलाई हामीले कसरी उपयोग गर्न सक्छौं । महानगरको हित हुने उपकरणको विषयमा जानकारी दिनुस् भनेका छौं । उहाँले पनि निकै रचनात्मक सुझाव र जानकारी दिनुभएको छ । जो पोखरा महानगरका लागि निकै उपयोगी हुन सक्छ भन्ने लागेको छ । पछि पुन बसेर बिस्तिृत सल्लाह गर्ने कुरा भएको छ’ प्रमुख आचार्यले भन्नुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका