स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट दिनुभयाे राजीनामा • Nepal's Trusted Digital Newspaperस्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट दिनुभयाे राजीनामा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट दिनुभयाे राजीनामा

स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट दिनुभयाे राजीनामा

  • समाचारपाटी
  • बुधबार, असार १५, २०७९
स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट दिनुभयाे राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिनुभएकाे छ । उहाँले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताउनुभयाे ।

जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाँकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानविन समितिलाई सघाउन भनेर उहाँले राजीनामा दिएको स्रोतले बतायो ।

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उहाँ तत्कालीन नेकपाबाट विजयी हुनुभएकाे थियाे । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोज्नुभएकाे थियाे । त्यसपछि माओवादीले उहाँलाई राज्यमन्त्री बनाएको थियो ।

onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका