नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका ८८ वर्षीय शीर्ष नेता सिद्धिलाल सिंहलाई जन अभिनन्दन कार्यक्रम हुँदैछ । कायक्रमलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालदेखि, चित्रबहादुर केसी, सिपी मैनाली र उर्जामन्त्री पम्फा भुसालसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाल चार्टडस एकाउण्टेण्टस संघको ३७ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीको स्वागतमा गभर्नर
नेपाल चार्टडस एकाउण्टेण्ट संघले ३७ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीको स्वागत गर्दैछ । संघले ३७ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ । कार्यक्रमलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्बोधन गर्नुहुनेछ ।