आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । आजको बैठकमा तेजाव तथा अन्य घातक रासयनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ माथि संशोधन दर्ता गराउने सदस्यहरुसँग छलफल हुनेछ ।