पोखराको बजारमा पहिलो पटक नयाँ पुस्ताको ल्यापटप एसरको १२ जेन • Nepal's Trusted Digital Newspaperपोखराको बजारमा पहिलो पटक नयाँ पुस्ताको ल्यापटप एसरको १२ जेन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखराको बजारमा पहिलो पटक नयाँ पुस्ताको ल्यापटप एसरको १२ जेन

पोखराको बजारमा पहिलो पटक नयाँ पुस्ताको ल्यापटप एसरको १२ जेन

  • समाचारपाटी
  • बुधबार, असार १५, २०७९
पोखराको बजारमा पहिलो पटक नयाँ पुस्ताको ल्यापटप  एसरको १२ जेन

पोखरा । पहिलो पटक नयाँ पुस्ताको ल्यापटप एसर १२ जेनेरेशन -ACER 12th Generation पोखराको बजारमा पाइने भएको छ । एसर व्राण्डको यो ल्यापटप पहिलो पटक पोखराको बजारमा आएको हिमालय कम्प्युटरका प्रवन्ध निर्देशक जगन बहादुर गुरुङले जनाउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे –“यो अहिले सम्मकै उच्चस्तरिय प्रविधियुक्त ल्यापटप हो । एसर ब्राण्डको ल्याटप पहिलो पटक पोखरा आएको छ ।” बदलिंदो प्रविधि संगै नयाँ पुस्ताका लागि लक्षित यो ल्यापटप निकै उत्कृष्ट रहेको गुरुङको भनाई छ । फोर जिवी र्याम, २५६ जिवी एसएसडी स्टोरेज, विन्डोज ११ सहितको यो ल्यापटप अन्यको तुलनामा चलाउन छिटो र सहज छ । यो ल्यापटप नेपालमा आउने वित्तिकै पोखरामा यसको माग बढेको भए पनि यहाँ पाउन त्यती सहज भने नभएको उहाँले बताउनुभयाे। “बजारको बढ्दो माग संगै हिमालयन कम्प्युटरले यसलाई पोखराको बजारमा ल्याएका छौं”, उहाँले भन्नुभयाे–“नयाँ पुस्ता लक्षित यो ल्यापटपले पक्कै पनि ग्राहकहरुलाई सन्तुष्टि दिने छ भने 12th Gegenration I-5 / I-7 पनि बजारमा आउने छ, आहिले I-3 मात्रै बजारमा उपलव्ध छ ।” बजारमा यसको मुल्य करिव ६५ हजार रहेको प्रवन्ध निर्देशक गुरुङको भनाई छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका