'एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्क':- दिनानाथ शर्मा • Nepal's Trusted Digital Newspaper'एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्क':- दिनानाथ शर्मा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्क’:- दिनानाथ शर्मा

‘एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्क’:- दिनानाथ शर्मा

  • समाचारपाटी
  • मङ्लबार, असार १४, २०७९
‘एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्क’:- दिनानाथ शर्मा

नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य दिनानाथ शर्माले नेकपा एकीकृत समाजवादी को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्क भएको बताउनुभएको छ । मंगलवार काठमान्डौंमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य शर्माले यस्तो बताउनुभएको हो । उहाँले ४÷५ महिनामा कुनैपनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताउनु भयो ।

सदस्य शर्माले ३÷४ महिनामा पालो पुर्याउनका लागि मात्रै मन्त्री बनाउने काम नगरी देश र जनताको विकासका लागि काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले यस किसिमका पालो पुर्याउनका लागि मात्रै मन्त्री बनाउने संस्कृतिलाई दुरुत्साहीत गर्न आवश्यक रहेको बताउनु भयो । सदस्य शर्माले समाजवादीले मन्त्री फेर्ने निर्णय जनतालेसमेत स्वीकार नगरेको भएपनि मन्त्री फेर्न पाउने अधिकार पार्टीलाई भएको बताउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र) मा भने मन्त्री हेरफेर सम्बन्धी कुनै छलफल नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको राष्ट्रिय राजनीतिमा मन्त्रीहरु फिर्ता बोलाउने, नयाँ मन्त्री पठाउने तरंग छ । एकीकृत समाजवादीले आफना केही मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाएको छ । त्यो उसको पार्टीको निर्णय हो । भरसक यस्तो नगरेको भए हुन्थ्यो । छिटोछिटो मन्त्री फेर्नु त्यति राम्रो होइन । जनताले त्यसलाई राम्रो मानेका छैनन । मन्त्री ३÷६ महिनामा पालो पुर्याएर चलाउने पद्धतिलाई प्रोत्साहन गर्नु हुँदैन । यसलाई निरुत्साहीत गर्नुपर्छ । उसलाई राम्रोसँग एउटा कार्यकाल चलाउन दिनुपर्छ । ७ महिनामा कुनै मन्त्रीले केही परिणाम दिन सक्दैन । यसले देशको विकास गर्दैन । हाम्रो पार्टीले अहिले हामीले पठाएका मन्त्रीहरु फेर्ने कुरा गरेका छैनौँ । हाम्रो त्यसबारेमा छलफलको एजेण्डा नै बनेको छैन । मन्त्रीलाई छिटो फिर्ता गर्नुले गलत परम्पराको विकास हुन्छ । हामीले के पाउने के नपाउने भन्दापनि राज्यसत्ता कसरी सञ्चालन गर्ने भन्ने हिसावले परिपक्व निर्णय आगामी दिनमा गर्न आवश्यक छ ।’

केन्द्रिय सदस्य शर्माले आगामी निर्वाचनसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै गठबन्धनलाई व्यवस्थित र सुदृढ गर्न आफूहरु लागिपरेको स्पष्ट पार्नुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका