धानमा आत्मनिर्भर नीति संवाद कार्यक्रम • Nepal's Trusted Digital Newspaperधानमा आत्मनिर्भर नीति संवाद कार्यक्रम • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • धानमा आत्मनिर्भर नीति संवाद कार्यक्रम

धानमा आत्मनिर्भर नीति संवाद कार्यक्रम

  • समाचारपाटी
  • मङ्लबार, असार १४, २०७९
धानमा आत्मनिर्भर नीति संवाद कार्यक्रम

कृषि,सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ ।

सोमवार काठमान्डौंमा आयोजित धानमा आत्मनिर्भर नीति संवाद कार्यक्रममा बोल्दै सभापति सुवेदीले सरकारले कृषिलाई प्राथमिकतामा राखेर कृषिको विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको हो । उहाँले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाएर विदेशमा निर्यात गर्न नसके पनि आयातलाई प्रतिस्थापन गर्न सक्नुपर्ने बताउनु भयो । सभापति सुवेदीले नेपाललाई आवश्यक खाद्यान्नको यकिन गरी सोही अनुरुपको उत्पादन आफैँ गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा चलिरहेको टुक्रे र परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायीक बनाउनुपर्ने आवश्यकता भएको बताउनु भयो । सुवेदीले कृषिलाई आधुनिकीकरण र व्यवसायीक बनाउनको लागि सरकारले आवश्यक नीति तथा नियमावली तत्काल बनाएर सहजिकरण गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले कृषिलाई चक्लाबन्दी,व्यवसायीकरण,आधुनिकीकरण गरेर आवश्यक सिंचाई,उन्नत जातको बीउ र आवश्यक मल दिन सके मात्रै पनि नेपालीलाई पुग्ने धान उत्पादन गर्न समस्या नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,‘कृषिलाई प्राथमिकतामा नराखि कृषिको विकास नगरी हामी कृषिमा आत्मनिर्भर हुन सक्दैनौं । हामीले खाने कुरा र हाम्रो खेतीपाती कसरी गर्छौं । हामीले कृषि वस्तु निर्यात गर्न नसके पनि आयातलाई प्रतिस्थापन गर्न नेपालीहरुलाई आवश्यक पर्ने खाद्यान्न कति हो । धेरै वस्तुहरुको उत्पादन हामी गर्छौं । पहिला हामीले आवश्यक खाद्यान्न उत्पादन गर्न सक्नुपर्छ । त्यसपछि निर्यात गर्ने हो । अहिलेसम्म हाम्रो टुक्रे र परम्परावादी उत्पादन प्रणाली छ । त्यसलाई हामीले आधुनिकीकरण गर्नुपर्छ । कृषिमा आधुनिकीकरण, व्यवसायीकरण गर्न नयाँ नीति नियमहरु चाहिन्छ । तर त्यस्तो खालको नीति बनाउन सकिएको छैन । जमिनलाई चक्लाबन्दी गरेपछि मात्रै यसलाई व्यवसायीकरण गर्न सकिन्छ । नेपालको भूगोल फरक–फरक छ । संसारको अग्लो स्थानमा फल्ने धान र तराईमा फल्ने पनि छ । यसलाई हामीले चक्लाबन्दी,व्यवसायीकरण,आधुनिकीकरण गरेर आवश्यक सिंचाई,उन्नत जातको बीउ र आवश्यक मल दिन सक्यौंभने नेपालीलाई खाने धान उत्पादन गर्न समस्या छैन ।’

त्यस्तै,कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले राष्ट्रिय उत्पादनलाई वृद्धि गर्नु नै अहिलको आवश्यकता भएको बताउनु भयो । उहाँले धानको उत्पादन बढाउनको लागि परम्परागत धानको जात परिर्वतन गरी हाईब्रिड बीउमा जानुपर्ने बताउनु भयो । सचिव शर्माले वर्षे धान भन्दापनि सरकारले चैते धानको उत्पादन बढाउनको लागि प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ पहिलो कुरा राष्ट्रिय उत्पादनलाई बढाउँदै जानुपर्छ । त्यसको लागि धेरै उपायहरु छन। पहिलो कुरा पुरानो बीउको जातिय सुधार गर्ने,दास्रो हामी धानको हाइब्रिडमा जानैपर्छ । क्षेत्रगत खेती प्रणाली चैते धान, बर्खे धानको धेरै अप्सन छैन । चैते धान उत्पादन बढाउनको लागि अगाडि बढनैपर्छ । बर्खे धानको भन्दा चैते धानको उत्पादन बढी छ । ती चार वर्षमा चैते धान र हाईब्रिडमा काम गर्नसक्यौं भने राष्ट्रिय धान उत्पादनको लक्ष्य पूरा गर्न सक्छौं । हामी तराई र पहाडको छुटटााछुटटै योजना बनाउनु पर्छ । पहाडमा बाँझो जग्गा र युवा लक्षित कार्यक्रम हुनुपर्छ । अहिले भएको जग्गा पल्टिङलाई सरकारले कानून बनाएर भएपनि रोक्नुपर्छ । कृषियोग्य जमिनलाई गैरकृषि प्रयोजनको लागि रोक्न नीति गत व्यवस्था गरेर नै अगाडि बढनुपर्छ ।’

सचिव शर्माले पहाडी क्षेत्रमा खाद्यान्न उत्पादन वृद्धि गर्नको लागि सरकारले बाँझो जमिन र युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने बताउनु भयो । उहाँले सरकारले नीति नै बनाएर कृषियोग्य जमिनलाई गैरकृषि प्रयोजन गर्न दिन नहुने बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका