बामदेव गौतमले नयाँ राजनीतिक दल घाेषणा गर्दै • Nepal's Trusted Digital Newspaperबामदेव गौतमले नयाँ राजनीतिक दल घाेषणा गर्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बामदेव गौतमले नयाँ राजनीतिक दल घाेषणा गर्दै

बामदेव गौतमले नयाँ राजनीतिक दल घाेषणा गर्दै

  • समाचारपाटी
  • मङ्लबार, असार १४, २०७९
बामदेव गौतमले नयाँ राजनीतिक दल घाेषणा गर्दै

काठमान्डौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने हुनुभएकाे छ।

नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लाग्नुभएकाे हाे । मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उहाँले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिनुभयाे ।

नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहनुभएका गौतमले आफू पक्षधरको भेला गर्दै आउनुभएकाे थियाे । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहनुभएका गौतम पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लाग्नुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका