राप्रपा नेपालका अध्यक्ष कमल थापाले आमुल परिवर्तनको नारा लिएर जनतालाई मालिक बनाउने, आर्थिक विकास र समृद्धि हासिल गर्ने उदेश्य लिएर शुरु भएको यात्रा १६ बर्ष पछाडि ठिक विपरित गन्तब्यमा पुगेको बताउनुभएकाे छ ।
अध्यक्ष थापाले जनता बलियो हुनुको सट्टा, प्रजातन्त्र सुदृढ हुनुको सट्टा केही सिमित राजनैतिक दलका सिमित नेताहरुले राज्य सत्ता कब्जा गरेर सर्वसत्तावाद लाद्ने काम भएको बताउनुभएकाे छ ।
साेमबार काठमान्डाैँमा आयोजित प्रदेश स्तरीय स्वयंसेवक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रियता अत्यन्त कमजोर हुँदै गइरहेको, विदेशीहरुको चलखेल र प्रभाव तिव्र रुपले बढेको भन्दै बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बन्न सक्ने खतरा भएको वताउनु भएको छ ।
कार्यक्रममा अध्यक्ष थापाले आगामी निर्वाचनमा राष्ट्रिय पार्टी बनाउन आवश्यक मेहनत, संवाद गर्न संकोच र हिन भावनाबाट मुक्त भई अगाडि बढ्न बागमति प्रदेशका नेता कार्यकताहरुलाई निर्देशन दिनुभएकाे थियो ।
कार्यक्रममा बागमति प्रदेशका अध्यक्ष माधव खत्रीले सिकेका, बुझेका कुराहरुलाई जनता समक्ष पुर्याउन हामी सवै जुट्नु पर्ने बताउनुभयाे भने प्रशिक्षण बिभागका प्रमुख एवं महामन्त्री सुशील कुमार श्रेष्ठले आगामी निर्वाचनलाई दृष्टिगत गरि पाँच सय स्वयंसेवक तयारी पालिकाहरुमा खटाईने बताउनु भयो ।
प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष कमल थापाले राप्रपा नेपाल किन ? त उपाध्यक्ष डा.बिष्णु भण्डारीले नेपाललाई सनातन हिन्दुराष्ट्र किन बनाउने ? यसकाे बारेमा बताउनुभएकाे थियाे ।
प्रवक्ता सुरेश आचार्यले राजनीतिक तथा सामाजिक परिचालन र केन्द्रीय सदस्य एवं प्रशिक्षण विभागका सदस्य जिवन सुनुवारले नेतृत्व विकास सम्बन्धि तालिम दिनु भएको थियो । तालिममा बागमति प्रदेशका १ सय ७५ जनाको सहभागिता रहेको थियो ।