ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान'' द्धारा सम्मानित • Nepal's Trusted Digital Newspaperज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान'' द्धारा सम्मानित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान” द्धारा सम्मानित

ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान” द्धारा सम्मानित

  • समाचारपाटी
  • मङ्लबार, असार १४, २०७९
ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान” द्धारा सम्मानित

काठमान्डौं । आठौँ नेशनल क्यापिटल अवार्ड -२०७८ मा समाजसेवी ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान” द्वारा सम्मानित हुनुभएकाे छ।

बिगत लामो समय देखि विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आउनुभएकाे तथा लायन्स क्लब संग आबद्ध रहेर देश र समाजको लागि सामाजिक कार्य मार्फत पुर्याएको अतुलनिय योगदान स्वरुप उहाँलाई सम्मानित गरिएको हाे।

नेपाल सरकारका पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पार्बत गुरुङको प्रमुख आतिथ्यतामा दोसल्ला ओडाएर तथा सम्मान पत्र द्वारा  उहाँलाई सम्मानित गरिएको थियो।

दुख पिडामा परेका असाहय, अनाथ, वृद्धवृद्धा, बालबालिकाहरुलाई सहयोग प्रदान गर्दै आउनुभएकी ज्योतिले भुकम्प, बाडीपिडित र कोभिडको महामारीमा समेत उत्तिकै सहयोग गर्दै आउनुभएकाे थियाे। उहाँको सहयोगी भावको कारणले हजारौ पिडितलाइ गास बास कपासको ब्यबस्था हुँदै आएको र संवृद्ध नेपाल निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गरेको उच्च मुल्यांकन गर्दै समाजसेवी ज्योति घिमिरेलाइ माननीय पूर्व मन्त्रि पार्बत गुरुङ लगायत अन्य बिशिष्ठ व्यक्तित्व मार्फत “राष्ट्रिय समाजसेवी सम्मान” प्रदान गरिएको थियो।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका