नेपाली चलचित्र दोखको ट्रेलर सार्वजनिक • Nepal's Trusted Digital Newspaperनेपाली चलचित्र दोखको ट्रेलर सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाली चलचित्र दोखको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र दोखको ट्रेलर सार्वजनिक

  • समाचारपाटी
  • मङ्लबार, असार १४, २०७९
नेपाली चलचित्र दोखको ट्रेलर सार्वजनिक

काठमान्डाैँ । नेपाली चलचित्र दोखको ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमान्डौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा माओवादी सशस्त्र युद्धको समयमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिताको परिवेशलाई प्रस्तुत गरिएको छ ।

ट्रेलरले चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने देखिन्छ । अनुप बरालले निर्देशन गरेको चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज मल्ल, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, साजन थापा मगरलगायतको अभिनय छ । चलिचित्र निर्माण सविन ज्ञवाली र मनोज अधिकारीले गर्नुभएकाे छ । माओवादी द्वन्द्वकालमा सामुदायिक वनको मुद्दा लाई लिएर दुईवटा गाउँबीचको किचलोको कथामा चलचित्र आधारित छ ।

ट्रेलर सार्वजनिकपछि सिने सञ्चारकर्मीहरुसँग बोल्दै निर्देशक बरालले फिल्म २०७२ सालमा शुरु गरेपनि भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन लगायतका कारण सम्पन्न हुन नसकेको बताउनु भयो । उहाँले फिल्ममा माओवादी शसस्त्र दवन्दवले छोडेका पदचापहरुलाई उतारिएको बताउनु भयो । त्यस्तै अभिनेत्री दीया मास्केले आफूले बोल्ने भन्दापनि फिल्ममा नै अभिनयले बोल्नेमा विश्वस्त रहेको बताउनु भयो ।

चलचित्रमा शैलेन्द्र डि. कार्कीको छायांकन, अष्ट महर्जनको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन र राजन कठेतको कथा छ । चलचित्रको कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा र एसोसियट निर्मातामा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दीपक खनाल र युवराज भट्टराई छन । यो चलचित्रको निर्माण करीव ७ वर्ष अगाडि शुरु भएको थियो । चलचित्र आउँदो असार २४ गते देशभर प्रदर्शन हुँदैछ ।

dokh3

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका