जननेता मदन भण्डारीको ७१ औँ जन्मजयन्तीलाई ओलीले सम्बोधन गर्दै • Nepal's Trusted Digital Newspaperजननेता मदन भण्डारीको ७१ औँ जन्मजयन्तीलाई ओलीले सम्बोधन गर्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जननेता मदन भण्डारीको ७१ औँ जन्मजयन्तीलाई ओलीले सम्बोधन गर्दै

जननेता मदन भण्डारीको ७१ औँ जन्मजयन्तीलाई ओलीले सम्बोधन गर्दै

  • समाचारपाटी
  • मङ्लबार, असार १४, २०७९
जननेता मदन भण्डारीको ७१ औँ जन्मजयन्तीलाई ओलीले सम्बोधन गर्दै

काठमान्डाैँ । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज ७१ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेकपा एमाले र उसका निकट संगठनले मदन भण्डारी जयन्तीका अवसरमा साताव्यापाी कार्यक्रम गरिरहेको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरेका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।

भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको छ ।

भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो ।

मदन भण्डारी फाउण्डेशनले जन्म दिवसको अवसरमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार विषयक राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम गर्ने कार्यसूची रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका