काठमान्डाैँ । आज नेकपा एकीकृत समाजवादी को केन्द्रिय परिषद बैठकको बन्दसत्र शुरु हुँदैछ । सोमवारदेखि शुरु भएको केन्द्रिय परिषद बैठक आज पनि जारी छ ।
आजको बेठकले पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको ३४ पृष्ठ लामो प्रतिवेदनलाई पारित गर्नेछ बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएको बताइएको छ ।