आरोहण गुरुकुलमा सुरु भयो बहुभाषिक नाटक उत्सव • Nepal's Trusted Digital Newspaperआरोहण गुरुकुलमा सुरु भयो बहुभाषिक नाटक उत्सव • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आरोहण गुरुकुलमा सुरु भयो बहुभाषिक नाटक उत्सव

आरोहण गुरुकुलमा सुरु भयो बहुभाषिक नाटक उत्सव

  • समाचारपाटी
  • मङ्लबार, असार १४, २०७९
आरोहण गुरुकुलमा सुरु भयो बहुभाषिक नाटक उत्सव

काठमान्डौँ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आईतबारबाट काठमान्डौंको थापागाउँ स्थित आरोहण गुरुकुल नाटक घरमा ‘बहुभाषिक नाट्य उत्सब २०७९’ सुरु भएको छ । सो उत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोट र अग्रज नाट्यकर्मी अशेष मल्लले उत्सवको सँयुक्त उद्घाटन गर्नुभयाे ।

दुई वर्ष अघि नै आयोजना हुने भनिएको यो नाटक उत्सब कोरोना महामारीका कारण बल्ल आफुहरुले आयोजना गर्न सकेको उत्सव संयोजक एवम् प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य निशा शर्माले बताउनुभयाे । आईतबारबाट सुरु भएको यो उत्सव सप्ताहव्यापी रुपमा आयोजना हुने उत्सव संयोजक शर्माले कार्यक्रममा जानकारी गराउनुभयाे ।

उत्सवको उद्घाटन समारोहमा बोल्दै उपकुलपति डा. गुरुङले यस्ता नाटक उत्सवले भाषा भाषिकाका नाटकहरुलाई पनि मुलधारमा ल्याउन मद्धत पुर्याउने बताउनुभयाे ।

उत्सवको पहिलो दिन सोङकित लाप्चाको निर्देशनमा लाप्चा भाषाको नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चन गरिएकाे थियाे । यो नाटकलाई इलामका लाप्चा समुदायले प्रस्तुत गरेका थिए । सोङकित लाप्चा, ज्ञान बहादुर लाप्चा, ओङछिरिङ लाप्चा, दीमित लाप्चा, मिनमित लाप्चा, पेमकित लाप्चा, राजेन्द्र कट्टेल, सृष्टी राई र संजोक घिमिरेले यो नाटकमा अभिनय गरेका थिए ।

यो नाटकका मुख्य पात्रले आफु सपनामा स्वर्ग गएको रमाईलो कथा सुनाउँछन् । उहाँको कुरा सुनेपछि गाउँलेहरु मिलेर स्वर्गजाने बाटो बनाउने निर्णय गर्छन । उनीहरुले आफ्नो पुजा बिधी सम्पन्न गरेर बाटो पनि खन्छन् । तर माथि डाँडामा पुगेपछि सो बाटो लड्छ र स्वर्गजाने सपना जाने चाहना भातभुँग हुन्छ । इलामको लाप्चा उत्थान मञ्चले पहिलो पटक आफ्नो भाषामा यो नाटक मञ्चन गरेको हो । नाटकलाई दर्शकले मन पराए ।

आईतबारबाट सुरु भएको यो उत्सव १८ असारसम्म जारी रहने छ । महोत्सवमा सोमबार थारु भाषाको कनन हरलता नाटक मञ्चन गरिने भएको छ । यस्तै मँगलबार बाम्बुले भाषाको नाटक सुम्निमा, बुधबार चाम्लिङ भाषाको नाटक सेमुना, बिहिबार पुमा भाषाको नाटक होङछा, शुक्रबार लिम्बु भाषाको नाटक सुविउ चरी र शनिबार खस भाषाको नाटक कुटिरो मञ्चन हुने भएको छ । आरोहण गुरुकुल सह आयोजक रहेको यो नाटक महोत्सब गर्नुको उदेश्य नेपाल बहुजाती बहुभाषी मुलुक भएको र ती भाषाको गीत संगीत नाटक, नाचगानको प्रोत्साहन गर्नु आफुहरुको दायित्व रहेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठको कथन छ ।

IMG 4585 IMG 4588 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका