प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी क्षितिज र दिलाशालाई • Nepal's Trusted Digital Newspaperप्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी क्षितिज र दिलाशालाई • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी क्षितिज र दिलाशालाई

प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी क्षितिज र दिलाशालाई

  • समाचारपाटी
  • मङ्लबार, असार १४, २०७९
प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी क्षितिज र दिलाशालाई

कास्की जिल्ला व्याडमिन्टन संघले आयोजना गरेको प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको एकल तर्फको उपाधी क्षितिज खनाल र दिलाशा रानाले उचाल्नुभएकाे छ । पोखरा रंगशालामा भएको फाइनल खेलमा पुरुष तर्फको एकल विधामा विधान अधिकारीलाई हराउँदै उपाधी उचाल्नुभएकाे हाे  । १–१ सेट जितेको अवस्थामा अन्तिम अर्थात तेस्रो सेट चलिरहँदा विधानले बिचमै खेल छाडेपछि उहाँ च्याम्पियन बन्नुभएकाे हाे ।

विधानले पहिलो सेट २१–१९ र खनालले दोस्रो सेट २१–१५ ले आफनो पक्षमा पार्नुभएकाे थियाे । उहाँले २० हजार रुपैयाँ हात पारे भने विधानले १० हजार रुपैयाँ प्राप्त गर्नुभयाे । कास्कीका विशाल खड्का र लमजुङका सुजन थापा तेस्रो हुँदै १०÷१० हजार रुपैयाँ प्राप्त गर्नुभयाे । महिला तर्फ दिलाशाले कास्कीकै अनु रानालाई सोझो सेटमा पराजित गर्दै उपाधि जित्नुभयाे । उहाँले २१–१५,२१–११ को सेटमा रानालाई हराउँदै नगद १५ हजार रुपैयाँ प्राप्त गर्नुभयाे ।

अनुले १० हजार रुपैयाँ प्राप्त गर्नुभयाे । आकृति केसी र आयुस्मा नेपाल तेस्रो हुदैँ १० हजार प्राप्त गर्नुभयाे । महिला डबल्स तर्फको प्रतिस्पर्धामा कास्कीका यामकुमारी गुरुङ र दिलाशा रानाको जोडीले कास्कीकी माया पुन र तनहुँकी रुबी श्रेष्ठको जोडीलाई निर्णायक सेटमा पराजित गर्दै उपाधि उचाल्नुभयाे । उहाँहरुले २१–१५, २४–२६ र २१–१५को सेटमा हराउँदै उपाधी चुम्न सफल हुनुभयाे । मेनुका गुरुङ र आयुष्मा नेपाल तथा कास्कीकै आकृति केसी र अनु रानाको जोडी तेस्रो स्थानमा रहनुभयाे ।

पुरुष तर्फको डबल्सको उपाधी कास्कीका विधान अधिकारी र पर्वतका विधान गुरुङको जोडीले उचाल्यो । उक्त जोडीले लमजुङका सुजन थापा र स्याङजाका दिपक रानाको जोडीलाई २१–१४, १८–२१ र २१–१८ को सेटमा हराए । कास्कीका विशाल बस्नेत र बिशाल गुरुङको जोडी
तथा विशाल खड्का र कृष्ण बस्नेतको जोडी तेस्रो भए । पुरुष डबल्स तर्फको विजेता, उपविजेता र तेस्रो हुनेले क्रमश नगद ४०, २५ र २० हजार रुपैयाँ प्राप्त गरे ।

महिला डबल्स तर्फको विजेताले नगद ३० हजार,२० हजार र १० हजार रुपैयाँ प्राप्त गरेको प्रतियोगिताका संयोजक अमृत पोखरेलले जानकारी दिनुभयाे । प्रतियोगितामा विजेताहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठ
लगायतले नगदसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । संघका अध्यक्ष शुसिल कुमार श्रेष्ठको अध्यक्षतामा भएको समापन समारोहमा स्वागत मन्तव्य उपाध्यक्ष विशाल खड्काले राख्नुभएको थियाे भने शुभकामना मन्तव्य संजय कुमार अधिकारीले राख्नुभएकाे थियाे । कार्यक्रम संघका सचिव फणिन्द्र तिमिल्सिनाले संचालन गर्नुभएकाे थियाे ।

badminton badmiton2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका