देशका छ प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना • Nepal's Trusted Digital Newspaperदेशका छ प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • देशका छ प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना

देशका छ प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना

  • समाचारपाटी
  • मङ्लबार, असार १४, २०७९
देशका छ प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रहेको छ। बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदुर पश्चिम प्रदेश का एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातीमा भने  देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकाे छ । कर्णाली र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको  सम्भावना रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका