'मेरो मागलाई मन्त्रीपरिषदले पनि चासो दिएन':- पर्यटन मन्त्री आले • Nepal's Trusted Digital Newspaper'मेरो मागलाई मन्त्रीपरिषदले पनि चासो दिएन':- पर्यटन मन्त्री आले • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘मेरो मागलाई मन्त्रीपरिषदले पनि चासो दिएन’:- पर्यटन मन्त्री आले

‘मेरो मागलाई मन्त्रीपरिषदले पनि चासो दिएन’:- पर्यटन मन्त्री आले

  • समाचारपाटी
  • आइतवार, असार १२, २०७९
‘मेरो मागलाई मन्त्रीपरिषदले पनि चासो दिएन’:- पर्यटन मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री प्रेमबहादुर आलेले बजेट बढाउने आफनो मागलाई मन्त्रीपरिषदले समेत चासो नदिएको आरोप लगाउनुभएको छ ।

आईतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री आलेले पर्यटन मन्त्रालयको समस्या समाधान गर्न र पर्यटनस्म्बन्धी विकासका कार्यक्रम अघि सार्न बजेटको माग गर्दा नदिएको गुनासो गर्नुभयो । उहाँले बारम्बार मन्त्रीपरिषदको बैठक र अर्थमन्त्रीलाई पर्यटन मन्त्रालयको बजेट बढाउन आग्रह गर्दा आफनो सल्लाह सुनुवाई नभएको गुनासो गर्नुभयो । मन्त्री आलेले परिणाम स्वरुप मन्त्रालयले चाहेर पनि विभिन्न विषयगत शीर्षकमा बजेट विनियोजन गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कतै बजेट दोहोरोपन भएको, बजेट छुटन गएका क्षेत्र लगायत कार्यक्रमसमेत संशोधन गर्न सकिनेछ । तर मेरो संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको सिलिङ विगतभन्दा करिव साढे १० अर्बले घटन गएको हुनाले बारम्बार मान्य अर्थमन्त्रीले भेटेर, क्याबिनेटको मिटिङमा कुरा राख्दा पनि सुनुवाई भएन । त्यसले पनि थुप्रै मान्यज्यूहरुले राखेको प्रश्नमा मैले बजेटको व्यवस्थापन गर्न सकिनँ । यदी बजेट प्राप्त भएको भए अवश्य पनि माग सम्बोधन हुनेथियो । १० लाख पर्यटन भित्रयाउन सहजै सम्भव देखिन्छ ।’

मन्त्री आलेले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको सिलिङ विगतभन्दा करिव साढे १० अर्बले घटेको बताउनु भयो । उहाँले नेपालमा आगामी आर्थिक वर्षमा १० लाख पर्यटन भित्रयाउन सहजै सम्भव रहेको पनि स्पष्ट पार्नुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका