पहाडी भू-भागका स्थानहरूमा चट्याङ्गसहित वर्षा, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperपहाडी भू-भागका स्थानहरूमा चट्याङ्गसहित वर्षा, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पहाडी भू-भागका स्थानहरूमा चट्याङ्गसहित वर्षा, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

पहाडी भू-भागका स्थानहरूमा चट्याङ्गसहित वर्षा, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  • समाचारपाटी
  • सोमवार, असार १३, २०७९
पहाडी भू-भागका स्थानहरूमा चट्याङ्गसहित वर्षा, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायु को प्रभाव रहेको छ भने सूदुरपश्चिम भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो  देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातीमा भने  देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका