२९ जना कोराना संक्रमित थपिए, १७ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper२९ जना कोराना संक्रमित थपिए, १७ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • २९ जना कोराना संक्रमित थपिए, १७ जना कोरोना संक्रमण मुक्त

२९ जना कोराना संक्रमित थपिए, १७ जना कोरोना संक्रमण मुक्त

  • समाचारपाटी
  • आइतवार, असार १२, २०७९
२९ जना कोराना संक्रमित थपिए, १७ जना कोरोना संक्रमण मुक्त

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा २९ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार  ७७ जनाकाे पिसिआर परीक्षण गर्दा २१ जना र ६ सय ५३ जनाकाे एनटिजेन परीक्षण गर्दा ८ जना गरी २९ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर १ सय ९२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

५७ हजार ७ सय २४ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ६७ हजार ३ सय ८९ जना काेराेना मुक्त भएका छन् ।

१ हजार ७ सय ३० जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका