पोखरामा नेपाली कांग्रेस पार्टी कार्यालयमा तोडफोड, २४ जना पक्राउ • Nepal's Trusted Digital Newspaperपोखरामा नेपाली कांग्रेस पार्टी कार्यालयमा तोडफोड, २४ जना पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरामा नेपाली कांग्रेस पार्टी कार्यालयमा तोडफोड, २४ जना पक्राउ

पोखरामा नेपाली कांग्रेस पार्टी कार्यालयमा तोडफोड, २४ जना पक्राउ

  • समाचारपाटी
  • आइतवार, असार १२, २०७९
पोखरामा नेपाली कांग्रेस पार्टी कार्यालयमा तोडफोड, २४ जना पक्राउ

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालय तोडफोडमा संलग्न भएको अभियोगमा नेपाली कांग्रेस कै २४ जना पार्टी कार्यकर्ता पक्राउ परेका छन् । कार्यालयमा नाराबाजी गर्दै पुगेका कार्यकर्ता तोडफोडमा उत्रिएपछि कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कास्की परिसर मै राखिएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिनुभयाे ।

नेपाली कांग्रेसका कार्यकर्ताहरुले गण्डकी पार्टी कार्यालय तोडफोड गरेका छन् । स्थानीय चुनावमा सत्ता गठबन्धन गरेकाे भन्दै पोखरा महानगरपालिका १८ र २४ का कांग्रेसका कार्यकर्ताहरुले प्रदेश पार्टी कार्यालय तोडफोड गरेको नेपाली कांग्रेस गण्डकी प्रदेशका मुख्य सचिव प्रकाश बरालले बताउनुभयाे ।

उहाँका अनुसार तोडफोडमा उत्रिएका कार्यकर्ताहरुले ठूलो क्षति नपुर्याएपनि कुर्ची र टेवल भाच्ने काम भएको जानकारी दिनुभयाे । ‘स्थानीय चुनावमा दुवै वडाबाट उम्मेदवरी मनोनयन गरिसकेका वडाका कांग्रेस नेतालाई पार्टीले उम्मेदावरी फिर्ता गरेर सत्ता गठबन्धनका दलसँग मिलेर जानुपर्ने भएपछि तोडफोडमा उत्रिएका हुन्,’ उहाँले भन्नुभयाे ।

तोडफोडमा उत्रिएका कांग्रेस कार्यकताहले गठबन्धन बिनै चुनाव जित्न आधार भएकाले एक्लाएक्लै चुनावमा जानुपर्ने बताउँदै आन्दोलमा उत्रिएका हुन् । बिहीबार नै सत्ता गठबन्धनले पोखरा महानगरपालिकाको मेयर र उपमेयरको घोषण पत्र सार्वजनिक गर्ने कार्यक्रममा विरोधमा उत्रिएका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका