काठमान्डौं । दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक राति क्लबमा आइतबार कम्तिमा १७ जना मानिस मृत फेला परेको प्रहरीले जनाएको छ । के कति कारण यी व्यक्तिहरुको मृत्यु भएको यसको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त गरेका छौँ, प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले भन्नुभयाे । घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको पनि उहाँले बताउनुभयाे ।
मृतक सबै १८ देखि २० वर्ष उमेरका छन् । सबै शव टेबलमा भेटिएको हो । मृतकको शरीरमा कुनै घाउ वा चोट लागेको पाइएको छैन् ।
विषाक्त खानाका कारण उनीहरुको ज्यान गएको अनुमान गरिएकाे छ ।
– एजेन्सी