'प्रथम त्रैमासिक परीक्षाको समय आएको छ, विद्यार्थीले के लेखेर परीक्षा दिन्छन्':- योगेश भट्टराई • Nepal's Trusted Digital Newspaper'प्रथम त्रैमासिक परीक्षाको समय आएको छ, विद्यार्थीले के लेखेर परीक्षा दिन्छन्':- योगेश भट्टराई • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘प्रथम त्रैमासिक परीक्षाको समय आएको छ, विद्यार्थीले के लेखेर परीक्षा दिन्छन्’:- योगेश भट्टराई

‘प्रथम त्रैमासिक परीक्षाको समय आएको छ, विद्यार्थीले के लेखेर परीक्षा दिन्छन्’:- योगेश भट्टराई

  • समाचारपाटी
  • आइतवार, असार १२, २०७९
‘प्रथम त्रैमासिक परीक्षाको समय आएको छ, विद्यार्थीले के लेखेर परीक्षा दिन्छन्’:- योगेश भट्टराई

काठमान्डौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले विद्यालयमा पाठ्यपुस्तक नपुर्याउनुमा सरकार दोषी रहेको आरोप लगाउनुभएकाे छ। ।

कुल विद्यार्थी संख्यामा सामुदायिक विद्यालयमा ७५ प्रतिशतले अध्ययन गर्ने उल्लेख गर्दै भट्टराईले भन्नुभयाे ,‘निजी क्षेत्रबाट छापिएका १ देखि ३ कक्षासम्मको पुस्तक पुगेको छ । जनक शिक्षाले छाप्ने कक्षा ४ देखि १० सम्मको पुस्तक पुगेको छैन ।’

काठमान्डौंका सामुदायिक विद्यालयमा समेत ३० प्रतिशत पुस्तक नपुगेको उहाँले संसदमा बताउनुभएकाे छ । ढुवानी सहज भएका स्थानमा समेत पुस्तक नपुगेको सुनाउँदै उहाँले दुर दराजमा हालत के होला भनि प्रश्न राख्नुभयाे ।

पुस्तककै कारण विद्यार्थी विद्यालय नजाने अवस्था आएको उहाँले बताउनुभयाे । ‘प्रथम त्रैमासिक परीक्षाको समय आएको छ । विद्यार्थीले के लेखेर परीक्षा दिन्छन्?’ उहाँले सरकारसँगको जवाफ माग्नुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका