राजेश पायलको स्वर, अम्बरको संगीतमा 'खुशीका मुहान' सार्वजनिक • Nepal's Trusted Digital Newspaperराजेश पायलको स्वर, अम्बरको संगीतमा 'खुशीका मुहान' सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राजेश पायलको स्वर, अम्बरको संगीतमा ‘खुशीका मुहान’ सार्वजनिक

राजेश पायलको स्वर, अम्बरको संगीतमा ‘खुशीका मुहान’ सार्वजनिक

  • समाचारपाटी
  • आइतवार, असार १२, २०७९
राजेश पायलको स्वर, अम्बरको संगीतमा ‘खुशीका मुहान’ सार्वजनिक

काठमान्डौं । मोडल नग्मा श्रेष्ठ र सागर थापा धुर्ब अभिनित बिल्कुलै नयाँ म्युजिक भिडियो ‘खुशीका मुहान’ सार्वजनिक भएको छ। यस गीतमा स्वर गायक राजेश पायल राईको स्वर सुन्न सकिन्छ। यस गीतलाई अमेरिकामा रेहका गीतकार राज मुकारुङले लेख्नुभएकाे हाे भने अम्बर तुम्बापो सुब्बाले संगीत भर्नुभएकाे हाे। सहास शाक्यलको संगीत संयोजन रहेको छ। सेण्टिमेण्टल भर्सनको गीतमा जातका कारण वैवाहिक जीवनमा बाधिन नसकेका प्रेम जोडीहरुको कथा प्रस्तुत गरिएको छ।

म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र सागर थापा धुर्ब फिचर्ड रहेकाे छ। बिशाल थापाले छायाँकन गरेको यस भिडियोलाई गायक ज्वाला राईले सम्पादन गर्नुभएकाे हाे। उजन नेवा शाही प्रडक्शन म्यानेजर रहेको यस भिडियोलाई गायक सुरज तामाङको निर्देशनमा तयार पारिएको हो। भिडियो संगीतकार तुम्बापोको युट्युव च्यानल ‘अम्बर तुम्बापो सुब्बा अफ़िसिएल’ मार्फत सार्वजनिक भएको हो। भिडियो मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका