सदस्य सचिव घिसिङद्वारा एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेको स्वागत • Nepal's Trusted Digital Newspaperसदस्य सचिव घिसिङद्वारा एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेको स्वागत • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सदस्य सचिव घिसिङद्वारा एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेको स्वागत

सदस्य सचिव घिसिङद्वारा एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेको स्वागत

  • समाचारपाटी
  • आइतवार, असार १२, २०७९
सदस्य सचिव घिसिङद्वारा एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेको स्वागत

काठमान्डौँ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले अखिल नेपाल फुटबल संघ (एन्फा) का अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई शनिबार स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिनुभएको छ । उहाँले पाँडेलाई खादा लगाउँदै त्रिपुरेश्वरस्थत सदस्य सचिवको कार्यलयमा स्वागत गर्नुभएको हो ।

त्यसक्रममा घिसिङले भन्नुभयो, ”देशकै सबभन्दा लोकप्रिय खेलको संस्था एन्फाको एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त हुनुभएकोमा तपाईं (नवीन पाँडे) लाई हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्न चाहान्छु । स्वयम्सेवकको भूमिकामा तपाईंको सहयोगमा एन्फाले अन्तर्राष्ट्रिय फुटबलमा नेपालको नाम फैलाउन सकोस्, अरु देश र व्यवसायिक क्लबहरुसँगको सम्बन्ध राम्रो होस् ।” पाँडे जर्मन एनअआरएन हुनुहुन्छ । सदस्यसचिव घिसिङले नेपाल र जर्मनीवीच संस्था र सरकारको तहमा खेलकुद विकासको लागि सम्बन्ध विस्तार गर्नको लागि पहल गर्न पनि आग्रह गर्नुभयो ।

अर्बपति अमेरिकी वारेन वफेटको कम्पनी टीटीआई युरोपमा निर्देशकसमेत रहनुभएका पाँडेले नेपाली फुटबल र खेलकुदको विकासको लागि सदैव पहल र सहयोग गर्न तयार रहेको तथा गरिरहेको बताउनुभयो । उहाँले ४ वर्षअघि पनि छोटो समय एन्फामा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको रुपमा काम गरेपछि राजिनामा दिनुभएको थियो । ए डिभजन क्लब हिमालयन शेर्पामार्फत नेपाली फुटबलमा फर्किनुभएका उहाँ कपनमा सञ्चालित काठमान्डौं किकर्सका अध्यक्ष पनि हुनुहुन्छ । किकर्सले स्कटिस कोच ली मेन्सन (युईएफए बी लाइसेन्स) ल्याएर कपअन स्पोर्टस सेन्टर, कपनमा फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ । जहाँ सय खेलाडीले नियमित अभ्यास गरिरहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका