पाेखरा । १० गते देखि परेको अविरल वर्षाको कारण कास्की जिल्लाका विभिन्न स्थानहरूमा क्षति पुगेकाे छ । कास्की पोखरा महानगरपालिकाका विभिन्न वडाहरूमा अविरल वर्षाको कारण क्षति पुगेकाे हाे । क्षति पुगेकाे स्थानहरूमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी खटिई उद्धार कार्य भएकाे छ ।
कास्की पोखरा महानगरपालिका वडा नं.२५ म्याग्दी टोल, सुन्दरपुरी,खहरेटारी, हेम्जा आदी स्थानमा पहिरो तथा बाढी आई ६०/७०
घर डुवानमा परेका छन् । उक्त स्थानमा बसोबास गर्ने अन्दाजी ३०० जना मानिसहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
पोखरा महानगरपालिका १६ सालघारी देउराली बस्ने वर्ष ५१ को राम बहादुर मगरको १ तले ४ कोठे कच्ची घर बगाई पूर्ण रूपमा क्षति भएकाे छ । अविरल वर्षाको कारण अन्य १३ वटा घरमा आंशिक क्षति पुर्याएको छ ।
पोखरा महानगरपालिका वडा नं.२५ सुन्दरपुरी बस्ने (लक्ष्मी बि.क, बिना बि.क, भुमिका बि.क, बिनिता कुमारी बि.क., भिमा श्रीस
थापा, लक्ष्मी बि.क., बसन्त बागदास, झिल्के नेपाली, ईश्वर सापकोटा, सोनिया परियार) १० जनाको घर आंशिक रूपमा क्षति भएको छ ।
पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा खहरेटारी बस्ने सुरेम बहादुर गुरुङको २ वटा बाख्राको जीवित तथा ९ वटा बाख्राको मृत
अवस्थामा उद्धार गरिएको छ ।
जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका ५ सितला गुफा नजिक पोखरा बाग्लुङ सडक खण्डमा माथीबाट पहिरो आई बाटो अबरोध भएको थियाे । पहिरो अबरोध भएको बाटाे जिल्ला कास्की प्रहरी खटिई एकतर्फी बाटो खुलाएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ अधेरी कुना स्थितमा पोखरा बेशीबाट अँधेरी कुना जाने भित्री सडक खण्डमा अधेरी खोलाले कटान गरी
पूर्ण रूपमा क्षति पुर्याएको छ भने बाटो पूर्ण रूपमा अवरोध भएको छ ।
कास्की महानगरपालिका वडा नं.२३ हर्पन बस्ने नर बहादुर क्षेत्रीको भैँसी गोठमा चट्याङ पर्दा एक ब्याउने भैँसीको मृत्यु भएको छ ।
कास्की पोखरा महानगरपालिकाका विभिन्न स्थानमा १० गते देखि परेको अविरल वर्षाको कारण क्षति पुर्याएको हुदाँ उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक (एसपी)रमेश थापाको कमाण्डमा ४५ जना र मातहत प्रहरी कार्यालय समेतबाट प्रहरी खटिई उद्धार तथा खोजी कार्य भएको छ ।