२७ जना कोराना संक्रमित थपिए, १६ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper२७ जना कोराना संक्रमित थपिए, १६ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • २७ जना कोराना संक्रमित थपिए, १६ जना कोरोना संक्रमण मुक्त

२७ जना कोराना संक्रमित थपिए, १६ जना कोरोना संक्रमण मुक्त

  • समाचारपाटी
  • शनिबार, असार ११, २०७९
२७ जना कोराना संक्रमित थपिए, १६ जना कोरोना संक्रमण मुक्त

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा २७ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा ९ सय ३७ जनाकाे पिसिआर परीक्षण गर्दा २३ जना र ८ सय ६५ जनाकाे एनटिजेन परीक्षण गर्दा ४ जना गरी २७ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर १ सय ८८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

५६ हजार ६ सय ८८ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ६७ हजार ३ सय ७२ जना काेराेना मुक्त भएका छन् ।

१ हजार ८ सय २ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका