पोखरा हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा • Nepal's Trusted Digital Newspaperपोखरा हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा

पोखरा हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा

  • समाचारपाटी
  • शनिबार, असार ११, २०७९
पोखरा हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा

पोखरा । शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा वडानम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेका छन् ।

पहिरोले त्यहाँ रहेका विभिन्न गाई तथा पशु फार्म बगाउँदा २५ भन्दा बढी खसी बाख्रा पुरिएको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले जानकारी दिनुभयाे । तर, त्यसबारे यकिन विवरण भने नआइसकेको उहाँले बताउनुभयाे ।

वडाध्यक्ष तिमिल्सिनाका अनुसार पोखरा २५ हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा परेको छ । ‘यो बस्तीमा करिब ढेडसयभन्दा बढी घर छन् । ती सबै डुबानमा परेका छन्’ उहाँले भन्नुभयाे, ‘टोलबासीहरूलाई उद्धार गरिएको छ । उनीहरु कोही आफन्तकोमा गएका छन्, भने कोहीलाई मन्दिरमा राखिएको छ ।’

पोखरा २५ क्षेत्रमै गएको पहिरोले १२ वटा घर क्षति पुर्‍याएको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभएकाे छ । ‘घर बगाएको छ । फार्महरु बगाएको छ । बाख्रा बगाएको छ । अन्य मानवीय क्षति हुन पाएन । तर, भौतिक क्षति धेरै भएको छ,’ उहाँले भन्नुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका